ओएनएफ डेनमार्कको अध्यक्षमा नरेन्द्र बस्नेत
२ असार, डेनमार्क । प्रवासी नेपाली मञ्च डेनमार्कको पाचौ अधिवेशन कोपनहेगनमा सम्पन्न भएको छ । अधिवेशनको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज राजन भट्टराईद्वारा उद्धाटन गरिएको अधिवेशनले नरेन्द्र बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरेको छ ।
अधिवेशनको उद्धाटन गर्दै प्रमुख अतिथि डा भट्टराईले प्रवासी नेपालीहरुबाट विदेशमा आर्जन गरेको ज्ञान सिप मातृभुमीका लागि समेत उपयोग गर्न आग्रह गर्दै प्रवासी नेपालीहरुले नेपालमा कुनै पनि संकटका बेलामा गरेका योगदानको प्रशंसा गरेका थिए ।

निवर्तमान अध्यक्ष शिव चापागाईको अध्यक्षता र सुमन थापाको सन्चालनमा भएको उद्घाटन सत्रमा एनआरएनए डेनमार्क, जन सम्पर्क समिति, नेपाली जनप्रगतीशिल मञ्च लगायका संस्थाका प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यसै गरि बन्द सत्रका लागि शिव चापागाइ, घनश्याम गौतम, चित्र पन्त रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । बन्द सत्रले अध्यक्ष नरेन्द्र बहादुर बस्नेत सहित उपाध्यक्ष शिव कार्की, सचिव कृष्ण प्रसाद पराजुली, सह सचिव शैलेश राई र सदस्यहरुमा सुशन वराल (आर्थिक विभाग प्रमुख), आलोक सुवेदी, शुशिल पहाडी, नबिन सुबेदी, राजेन्द्र भट्ट, मुक्ति श्रेष्ठ, हरि बिसी रहेको ओएनएफ डेनमार्कको राष्ट्रिय कमिटी गठन गरेको थियो ।

निवर्तमान अध्यक्ष शिब चापागाईका अनुसार एक सह सचिव(महिला) सहित अर्को एक सदस्य आगामी बैठकबाट मनोनित गरिने भएको छ । यसअघि अधिवेशन सफल बनाउन रविन कार्कीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : June 16, 2022 at 1:54 pm









