१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलर, एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ


३१ जेठ, काठमाडाैँ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो ।

युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ । अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १०:३९

https://srdb.com.np/