३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

तरकारी र फलफूलको आजको मूल्य


३१ जेठ, काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिल तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । रातो आलु न्यूनतम ४२ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने मुडेको आलु ३८ रुपैयाँ प्रति केजी रहेको छ ।

सेतो मुला लोकल ३० रुपैयाँ प्रतिकेजी, हाइब्रिड भने ५० रुपैयाँ रहेको छ । समितिका अनुसार स्थानीय ज्यापु काउली ५० रुपैयाँ केजी रहेको छ । लाम्चो भण्टा १५ रुपैयाँ केजी, तने बोडी ५० रुपैयाँ प्रतिकेजी, सुकेको प्याज ३६ रुपैयाँ, घिउसिमी ४० रुपैयाँ, तितेकरेला २० रुपैयाँ रहेको छ ।

रुखकटहर ४०, काक्रो ३५ रुपैयाँ, हरियो खुर्सानी ४०, हरियो धनियाँ ५० रुपैयाँ प्रतिकेजी रहेको छ । खुद्रा बजारमा यो मूल्य सूचीभन्दा फरक मूल्य पनि पर्न सक्नेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १०:२८

https://srdb.com.np/