३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मर्जरमा जाने भएपछि इन्भेष्टमेन्ट र मेगको सेयर कारोबार रोक्का


३० जेठ, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ बैंकहरुको सेयर कारोबार रोक्का गरिएको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको सेयर कारोबार रोक्का गरिएको हो । यी दुवै बैंकबीच जेठ २७ गते, शुक्रबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको सेयर कारोबार आज (जेठ ३० गते, सोमबार) बाट रोक्का राखिएको नेप्सेले जनाएको छ ।

नेप्सेले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर दोस्रो पटक रोक्का गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेप्सेले आज(सोमबार) देखि रोक्का गरेको हो ।

यसअघि पनि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरमा जाने तयारीका थियो । तर हिमालयन बैंकले आफ्नो साधारण सभाबाट मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै दुवैको मर्जर भाँडिएको थियो । सो क्रममा दुवै बैंकको सेयर कारोबार करिब एक वर्षभन्दा बढी रोक्कार रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने भएसँगै नेप्सेले मेगा बैंकको सेयर कारोबार आज (सोमबार) देखि रोक्का गरेको हो ।नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १२:२६

https://srdb.com.np/