११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

अस्ट्रेलियाको सिड्नीमा ‘नाइटी इन्फिनिटी’ हुँदै

२२ जेठ, अष्ट्रेलिया । नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा रूचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुत दिन लागेका हुन् । नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा ‘नाइटी इन्फिनिटी’ कार्यक्रम हुन लागेको छ ।

जसमा नेपाली गायकहरु स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बू तथा छेवाङ लामाले आफ्नो प्रस्तुती दिनेछन् । यही ९ जुन अर्थात २६ जेठमा सिड्नीको डार्लिङ हार्बरस्थित होम द भेन्यूमा कार्यक्रम आयोजना हुनेछ । उक्त कन्सर्टको टिकट अनलाइन मार्फत लिन सकिने आयोजक संस्थाले जनाएको छ । १८ वर्षमाथिका दर्शकहरूले सहभागिता जनाउने सक्ने उक्त कार्यक्रम स्थानीय समयअनुसार राति ८ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १४:३५