नुवाकोट सेवा समाज कतारको अध्यक्षमा दिपेन्द्र घले लामा
२२ जेठ, दोहा । नुवाकोट सेवा समाज कतारको अध्यक्षमा दिपेन्द्र घले लामा चयन भएका छन । समाजको साताै अधिवेशनबाट लामा अध्यक्षमा चयन भएका हुन । त्यस्तै कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हिरे तामाङ, उपाध्यक्षहरूमा नन्दराम सुवेदी र दिनेशराज अधिकारी चयन भएका छन ।
त्यस्तै महिला उपाध्यक्षमा मीन कुमारी तामाङ चयन भएकी छिन । महासचिवमा विकास तामाङ, सचिवहरूमा पूर्णमान तामाङ र गजेन्द्र चालिसे र महिला सचिवमा राधिका घले अधिकारी चयन भएकी छिन । काेषाध्यक्षमा हरिराम रिमाल र सह काेषाध्यक्षमा डा घले चयन भएका छन ।
समाजको सदस्यहरूमा मिरा तामाङ, विवााराम तामाङ, शम्भु जम्कट्टेल, सन्त बहादुर तामाङ, वीर बहादुर तामाङ, मान बहादुर तामाङ, उज्ज्वल अधिकारी, सुरेश वाईबा, नवीन पुलामी मगर, सन्दिप वाईबा तामाङ, फुल बहादुर तामाङ चयन भएका छन । अधिवेशन निवर्तमान अध्यक्ष विष्णु भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : June 5, 2022 at 11:35 am









