१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काठमाडौँको नेपालटारमै १४ वर्षीय बालिका बलात्कृत, अारोपी साजन बोहरा पक्राउ

१० भदौ, काठमाडौं । बलात्कारविरूद्ध चर्को अावाज उठिरहेको समयमा काठमाडौँमै एक बालिका बालत्कृत भएकीछिन ।  काठमाडाैको तारकेश्वर नगरपालिका वडा नम्बर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी हुन ।

नेपालटारकाे नेवारी खाजाघरमा कार्यरत रूकुम घर भएकी ती बालिका होटलमा अाउने ग्राहकबाटै बलात्कृत भएकी हुन् । प्रहरीले बलात्कारमा संलग्न रहेको अारोपमा बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।

बोहराले खाजा खान गएका वेला रुकुमकी ती बालिकलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार १५:४५