१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विदाकाे दिन कार्यालय खाेलेपछि राष्ट्र बैंकको कार्यालयमा  गएर कानून मन्त्रीले नै लगाए ताला

१० भदौ, जनकपुरधाम । विदाकाे दिन कार्यालय खाेलेपछि राष्ट्र बैंकको कार्यालयमा  गएर कानून मन्त्रीले ताला लगाएका छन् । सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्री आफैं जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।

संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेकाले तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार १५:०३