२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

विदुर नगर कार्यपालिकामा सबै एमाले उम्मेदवार विजयी, नगरसभा र कार्यपालिका दुबैमा बहुमत


१८ जेठ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको नगरकार्यपालिकामा बुधबार भएको निर्वाचनमा सबै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । एमाले विदुर नगरकमिटीका सचिव अनुजकुमार श्रेष्ठका अनुसार नगर कार्यपालिकाको ८ सदस्यका लागि भएको निर्वाचनमा एमालेका ८ जना नै उम्मेदवार विजयी भएका छन ।

बुधबार भएको निर्वाचनमा प्राप्त नतिजा अुनसार एमालेका उम्मेदवारहरू सवु मिजार, सावित्री राई, इन्दिरा मिजार, राधिका तामाङ, विन्दा तिमल्सिना आचार्य, शिवबहादुर विश्वकर्मा, सीताराम मिजार र दीपक कुमाल नगरकार्यपालिकामा विजयी भएका छन ।

६७ सदस्यीय नगरसभामा नेकपा एमालेको स्पष्ट बहुमत रहेकोमा अब नगरकार्यपालिकामा पनि एमालेको स्पष्ट बहुमत देखिएको छ । नगरसभामा ६७ मध्ये ३७ सिट एमालेको रहेको छ । त्यस्तै २१ सदस्य रहेको नगरकार्यपालिकामा पनि एमालेको स्पष्ट बहुमत भएको छ । अब कार्यपालिकामा एमालेकै १३ सदस्य भएका छन । एमालेले ५ वडामा विजयी भएको थियो । जस अनुसार ५ वडा अध्यक्ष र बुधबार निर्वाचित ८ जना गरी १३ जना एमालेबाट भएका छन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १५:४३

https://srdb.com.np/