३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

नारायण खतिवडाकाे प्रश्नः सरकारले तत्काल किसानलाई मल उपलब्ध गराउन सक्छ कि सक्दैन ?


१८ जेठ, काठमाडौं । सांसद नारायणप्रसाद खतिवडाले तत्काल किसानलाई मल उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले किसानले हरेक वर्ष मल अभाव झेल्दै आएको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरे ।

कालोबजारीमार्फत किसानले महंगोमा मल खरिद गर्नुपरेमा पनि सरकारले मलको समस्या र कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै उनले प्रश्न गरे, ‘सरकारले किसानलाई तत्काल सरकारले मल उपलब्ध गराउन सक्छ कि सक्दैन ?’

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १५:३८

https://srdb.com.np/