२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल आईएफजेको कार्यकारिणी समितिमा निर्वाचित


१७ जेठ, काठमाडौँ । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल अन्तराष्ट्रिय पत्रकार महासंघ (आईएफजे)को कार्यकारिणी समितिमा निर्वाचित भएका छन । आईएफजेको ३१ औँ महाधिवेशनबाट सिग्देल एसिया प्यासफिक अन्तगत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै कार्यकारिणी समितिमा निर्वाचित भएको महाभिवेशनमा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिएका छन ।

नेपालमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन नेपालबाट संस्थागत रूपमा आईएफजेको सदस्य रहेका छन । ओमानको राजधानी मस्कटमा अन्तराष्ट्रिय पत्रकार महासंघको महाधिवेशन जारी छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १५:१२