१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

तारा एयर दुर्घटनाः १६ जनाको शव भेटियो, बाँकीको खोजी हुँदै

१६ जेठ, काठमाडाैँ । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । विमानमा सवार अन्यको भने खोजी जारी छ । विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ । आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सोमबार बिहान यार्सागुम्बा टिप्न जानेहरूले फोटो खिचेर पठाएपछि दुर्घटनास्थल पहिचान भएको थियो ।

प्रकाशित मिति : May 30, 2022 at 11:02 am