२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो


१६ जेठ, काठमाडाैँ । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । नेपाली सेनालाई आइतबार स्थानीय किसानले मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै खबर गरेका थिए ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ०७:२८

https://srdb.com.np/