१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

बृद्धभत्ता नलिने बाबुराम भट्टराईकाे घाेषणा, बृद्धभत्ता लिने उमेर घटेकाेमा असन्तुष्टि

१५ जेठ, काठमाडाैँ । पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद् सदस्य डा.बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गरेका छन् ।आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले बृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा असन्तुष्टि जनाउँदै बृद्धभत्ता लिएर जनतामा ऋण थप्न आफू सहमत हुन नसक्ने बताए । सरकारले बृद्धभत्ता नलिनेलाई सम्मान गर्ने बजेटमा घोषणा गरेको थियो ।

त्यस्तै उनले सरकारले प्रस्तुत गरेको बजेट मध्यमस्तरको भएको भन्दै बजेटलाई ५ नम्बर दिने बताए । त्यस्तै उनले बजेट आर्थिक विकासको प्रस्थान विन्दु बन्न सक्ने जस्तो नलागेको जिकिर गरे । वैज्ञानिक भूमिसुधार कार्यक्रम नआएकाले परिणात्मक फड्को मार्न नसकिने उनको भनाई छ ।

प्रकाशित मिति : May 29, 2022 at 8:11 pm