२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

हराएको तारा एयरको जहाज भेटिएन, आजका लागि खोजी तथा उद्धार कार्य स्थगित


१५ जेठ, काठमाडाैँ । हराएको तारा एयरको जाहाज नभेटिएपछि आजका लागि खोजी तथा उद्धार कार्य स्थगित भएको छ । पोखराबाट मुस्ताङको जोमसोमका लागि आइतवार बिहान उडेको केही मिनेटमै सम्पर्कबिहीन भएको जाहाजको खोजी तथा उद्धारको काममा माैसमको कारण समस्या भएको थियो ।

यात्रु र चालक दलका तीन सदस्यसहित १९ जना  लिएर पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज मुस्ताङको शिखा क्षेत्रस्थित आकाशमा पुगेपछि एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्क विच्छेद भएको थियो । दिउँसो खोजीको प्रयास भए पनि माैसमका कारण सम्भव भएन । स्थानीयको सूचनामा केही स्थानमा खोजी केन्द्रीत गरे पनि त्यहाँ पनि जाहाज नभेटिएको बताइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १९:१५

https://srdb.com.np/