२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

चीनसँग जोड्ने सडक प्राथमिकतामा, गल्छी–रसुवागढी सडककाे बजेट एक अर्ब ८५ करोड


१५ जेठ, काठमाडौँ । सरकारले चीनसँगको सीमानाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा गल्छी–रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड रुपैयाँ बेजट विनियोजन गरेको छ ।

‘गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवगढी सडको गल्छीदेखि स्याफ्रुवेशी खण्डको ६२ किलोमीटर दुई लेन कालोपत्रे गर्न र स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति गर्न १ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छु,’ आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भने ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १८:१३