१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

अब प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स पाइने

१५ जेठ, काठमाडौँ । सरकारले आवेदन भरेको एक महिनामै परीक्षा लिने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आवेदन भरेको एक महिनामै परीक्षा लिने व्यवस्था गरिने जानकारी दिएका हुन् ।

साथै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था गरिने मन्त्री शर्माले जानकारी दिए ।उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ ।

प्रकाशित मिति : May 29, 2022 at 5:58 pm