१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न एकिकृत कारोबार प्रणाली लागू गरिने

१५ जेठ, काठमाडाैँ । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न एकिकृत कारोबार प्रणाली लागू गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै घरजग्गा कारोबारलाई व्यवस्थित गर्न यस्तो व्यवस्था गर्ने बताएका हुन् । घर जग्गा काराेबार ब्राेकर कम्पनी मार्फत गरिने पनि उनले बताएका छन् । उनले आवासविहिनलाई आलपुर्जा वितरण गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : May 29, 2022 at 5:08 pm