२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

न्यायपालिका सुधारोन्मुख अवस्थामा छः कामु प्रधानन्यायाधीश


१५ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका सुधारोन्मुख भएको बताएका छन । नेपाल बार काउन्सिलले आइतबार गरेको तालिम समापन कार्यक्रममा उनले न्यायपालिकाका विभिन्न अवरोध, विभिन्न प्रवृत्ति, बिसङ्गति र विकृतिहरू व्यहोरेको र भोगेकाले कानुन व्यवसायी र न्यायाधीशको क्षेत्रबाट अब न्यायपालिका सुधारोन्मुख गर्नुपर्दछ भनेर प्रतिबद्धता जनाएको बताए ।

उनले न्यायपालिकालाई पहिलेको स्थितिभन्दा फरक ढङ्गबाट समृद्धरूपमा अगाडि बढाउनुपर्ने बताए  । उनले आफूले नेतृत्व लिँदा मुद्दाको फछ्र्योट आठ प्रतिशत रहेकामा अहिले प्रत्येक महिना फछ्र्योट दर बढाएर १५ प्रतिशत पु¥याएको बताए । “पुराना मुद्दाको फैसलाको फछ्र्योट दर हामीले बढाएका छौँ”, उनले भने, “उच्च अदालत र जिल्ला अदालतभन्दा पनि सर्वोच्च अदालतप्रति धेरै गुनासो रहेका छन् । सर्वोच्चमा पुराना मुद्दा धेरै छन् ।

गोलाप्रथाले समस्या आएको भन्ने गुनासो आफूले सुनेको भन्दै गोलाको विकल्पमा तत्कालमा जान नसकिने उनको भनाइ छ । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले पनि अटोमेशनमा जाने उल्लेख गरिएको भन्दै अटोमेशनमा नजाँदासम्म गोलाप्रथा कायम रहने बताए । उनले अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको समेत जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १६:५५