२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

गणतन्त्र दिवसमा कागेश्वरी मनोहरामा वक्तित्वकला प्रतियोगिता


१५ जेठ, काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिकाले १५औँ गणतन्त्र दिवसको अवसरमा विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा नगरपालिकाभित्रका नौ सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा आनन्द भैरव माध्यमिक विद्यालयकी छात्रा सतिस्मा खड्का पहिलो भइन । आनन्द भैरवकै विष्णु नेपाली दोस्रो तथा गान्धी आदर्श विद्यालयका अर्जुन कोइराला तृतीय भए । नेपाल राष्ट्र निर्माण उच्च माविकी प्रशंसा पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरे ।

उनीहरुलाई क्रमशः रु आठ हजार पाँच सय, रु चार हजार सात सय ५० र रु तीन हजार दुई सय ५० पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ । विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलगायतले पुरस्कृत गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १६:४४

https://srdb.com.np/