तारा एयरको विमान खोजीमा गएको फिस्टेल एयरको हेलिकोप्टर फर्कियो
१५ जेठ, काठमाडाैँ । सम्पर्कबिहीन भएको तारा एयरको जहाज खोज्न जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ। तारा एयरको जहाज लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्कविहीन भएको गृहमन्त्रालयले जनाएको छ।
सम्पर्कबिहीन जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर जोमसोमबाट त्यस क्षेत्र पुगेको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर जोमसोम फर्किएको छ। जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो ।
प्रकाशित मिति : May 29, 2022 at 12:41 pm









