सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
१४ जेठ, काठमाडौं । सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको लागि संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो ।
राष्ट्रिय सभाबाट शुक्रबार नै नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ । दुबै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएकाले अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । सरकारले भोलि संसदमा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : May 28, 2022 at 8:45 pm









