देउवालाई संसदमा ६ घण्टा बोलेर देखाउन एमाले सांसद रावलको चुनाैति
१४ जेठ, काठमाडौँ । नेकपा एमालेका सांसद झपट रावलले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा ६ घण्टा बोलेर देखाउन चुनौति दिएका छन । सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै एमाले सांसद रावलले अर्काले बोलेको मात्र बिरोध नगर्न सत्तापक्षलाई चेतावनी दिए ।
उनले केपी ओलीले संसदमा तीन घण्टा बोलेको भनेर सत्ता पक्षका सांसदहरूले आलोचना गरेपछि त्यसको जवाफ दिनेक्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिनेक्रममा संसदमा प्रधानमन्त्रीले ६ घण्टा बोलेपनि एमाले सांसदहरूले धैर्यतापूर्वक सुन्ने बताए । उनले जवाफको क्रममा ६ घण्टा बोलेर देखाउन चुनौति समेत पेश गरे ।
प्रकाशित मिति : May 28, 2022 at 5:55 pm









