शिवपुरी गाउँ कार्यपालिकामा सबै एमाले माओवादी गठबन्धनका उम्मेवार विजयी
१४ जेठ, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँ कार्यपालिकामा एमाले माओवादी गठबन्धनका उम्मेवार विजयी भएका छन । शनिबार भएको निर्वाचनमा एमाले माओवादी गठबन्धनका उम्मेदवार विजयी भएको नेकपा एमालेका नेता एवं शिवपुरी गाउँपालिकामा एमालेबाट अध्यक्षका प्रत्यासी जितेन्द्र विष्टले जानकारी दिए ।
६ जनाको कार्यपालिकामा एमालेबाट दुई जना र माओवादीबाट चार जना सदस्य निर्वाचित भएका छन । गाउँपालिकाको चुनावमा नेकपा एकीकृत समाजवादीसँग मिलेको माओवादी उक्त पार्टी शून्य भएपछि कार्यपालिकाको चुनावमा एमालेसँग मिलेको हो ।
विष्टका अनुसार कार्यपालिकामा भगवती बुढाथोकी, ज्ञानुमाया तामाङ, सन्जिमाया तामाङ, सावित्री रिजाल, जानुका खाती र रिता नेपाली विजयी भएका छन । योसँगै कार्यालिका र गाउँसभा दुबैमा कांग्रेस अल्पमतमा परेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गोविन्द थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ विजयी भएका छन ।
प्रकाशित मिति : May 28, 2022 at 4:40 pm









