१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

फेन्काले अष्ट्रेलियाभर `अन्तर्राष्ट्रिय एभरेष्ट डे´ मनाउदै

१४ जेठ, अष्ट्रेलिया । फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का)ले मे २९ मा अष्ट्रेलिया सबै राज्य र टेरेटोरीहरुमा अन्तर्राष्ट्रिय एभरेष्ट डे मनाउने भएको छ । फेन्का अध्यक्ष कृष्ण हमालले तेन्जिङ्ग नोर्गे र एडमन्ड हिलारीले सगरमाथा सफल आरोहण दिन मे २९ को संझनामा मनाइने अन्तर्राष्ट्रिय एभरेष्ट डे लाई फेन्काले यस बर्षदेखि हरेक बर्ष मनाउने जानकारी दिए ।

उनले यस दिन अष्ट्रेलियामा एभरेष्टको प्रचार प्रसार मार्फत नेपाल र नेपाली समुदायलाई परिचित गराउने तथा एभरेष्टमा विश्वको वातावरण प्रदुषणले पारेको जोखिम वारे पनि सचेतना अभिवृध्दि गर्ने उद्देश्य रहेको वताए । यस पटकको सगरमाथा दिवसको नारा लेट्स प्रिजर्भ माउन्ट एभरेष्ट राखिएको छ ।

हमालका अनुसार कार्यक्रमहरु एभरेष्ट आरोहि, नेपाली दुतावास, वाणिज्यदुतावास, नेपाली समूदायका अगुवाहरु सहितको उपस्थिति रहनेछ । उनका अनुसार बिहान विभिन्न राज्यहरुमा प्रभातफेरिको आयोजना गरिएको छ । भने साँझ वेविनारका माध्यमबाट अन्तरक्रिया गर्ने योजना गरिएको छ ।

जसमा भिक्टोरिया राज्यका वातावरण मन्त्री सहित अष्ट्रेलियाका राजनितिक नेतृत्वको समेत उपस्थिति र सम्वोधन रहने भएको छ । वेविनार संयोजन फेन्काका राजु अधिकारीले गरेको अध्यक्ष हमालले बताए । यसैगरि हमालले सिड्नीको कार्यक्रममा प्रथम आरोहि एडमन हिलारीका छोरा पिटर हिलारीलाई समेत निमन्त्रणा गरिएको बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार १६:०१