१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

पाँडेसँग नुवाकोट पुगेका मेयर बालेन साहले चश्मा खोलेर सम्बोधन गरे (भिडियो)

१३ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नव निर्वाचित मेयर बलेन्द्र साह शुक्रबार सपथबिनै नुवाकोटको सिसडोल पुगेका छन । बालेनको उम्मेदवारी देखिनै खुलेर समर्थनमा लागेका र मतगणनामा समेत बालेनको प्रतिनिधि भएर काम गरेका हाँस्यकलाकार अर्जुन घिमिरे पाँडेको सल्लाहमा बालेन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन भैरहेको नुवाकोटको ककनी गाउँपालिका पुगेका हुन ।

पाँडे ककनी गाउँपालिका वडा नम्बर२ का स्थायी बासिन्दा समेत हुन । फोहोरले स्थानीयलाइ दिएको पीडा महशुस गरेका घिमिरेले त्यसको स्थायी समाधानका लागि मेयरको प्राथमिकतामा राख्न बालेनलाइ त्यहाँ पुर्याएका हुन । ओखरपौवा पुगेपछि भने बालेनले चश्मा खोलेर सम्बोधन गरेका छन ।

उनले विजयी भएको घोषणा कार्यक्रममा पनि चश्मा लगाएर नै सम्बाेधन गरेका थिए । बालेनले चश्मा खोलेर सार्वजनिक समारोह फेस गरेको कमैमात्र उदाहरण रहेको छ । करिब ३ मिनेट सम्बोधन गरेका उनले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा, माला नलाउने तथा अन्तर्वार्ता समेत नदिने बताएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार २२:३८