१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

भरतपुरकी मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना

१३ जेठ, काठमाडाैँ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल चढेको गाडी दुर्घटनामा परेकाे छ । दुर्घटनामा मेयर दाहाल घाइते भएकी छन् । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा मेयर दाहाल घाइते भएकी दाहालकाे सुमेरु अस्पतालमा उपचार भइरहेको छ । दाहालको टाउकोमा चोट लागेको छ । टाउकोमा केही टाँका लगाइएको र अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

प्रकाशित मिति : May 27, 2022 at 4:15 pm