१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

पार्टी निर्णयविपरित कांग्रेससँग बिकेको भन्दै चन्द्रागिरीका तीन माओवादी नेतामाथि कारबाही

१३ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी निर्णयको बिरूद्धमा गएर अन्तरघात गर्नेहरू माथि कारबाही पक्रिया अघि बढाएको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिकामा वैशाख ३० को स्थानीय तह निर्वाचनमै अन्तरघातको चर्चा चलिरहेको माओवादीले नगरकार्यपालिकाको निर्वाचनमा पार्टी निर्णय उल्लघंन गर्ने तीन नेता माथि कारबाहीको निर्णय गरेको छ छ ।

माओवादीले बागमती  प्रदेश समिति सदस्य रविन्द्र रिजाल, नगर कमिटीका सचिव नन्दकुमार महर्जन र चन्द्रागिरी नगरपालिका वडा नम्बर ५  का अध्यक्ष राजेन्द्र महर्जनमाथि कारबाही गरेको हो । चन्द्रागिरी नगरकमिटीका अध्यक्ष देवकृष्ण महर्जन र इन्चार्ज गणेशबहादुर कुँवरले बिहीबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै वडा अध्यक्षमा निर्वाचित राजेन्द्र महर्जनलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ ।

बिहीबार बसेको चन्द्रागिरी नगरकमिटीको सचिवलय बैठकको निर्णय अनुसार महर्जनमाथि कारबाही गरिएको हो । साथै माओवादीले प्रदेश समिति सदस्य रविन्द्र रिजाल र नगर कमिटी सचिव नन्दकुमार महर्जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गर्नको लागि बागमती प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ ।

माओवादीले चन्द्रागिरी नगरपालिकाको नगरकार्यपालिकामा नेकप एमालेसँग तालमेल गरी ४/४ सदस्य विजयी गराउने गरी उम्मेदवारी दिएको थियो । ८ जनाको कार्यपालिकमा दुबै दलले ५०/५० प्रतिशत भागवण्डा गरेर उम्मेदवारी दिएका थिए ।तर माओवादी नेताहरूले पैसामा बिकेर कांग्रेसका उम्मेदवारलाइ मतदान गरेको पाइएको छ । उनीहरूले पार्टी निर्णयविरूद्ध काम गर्दा कार्यपालिकामा कांग्रेसका ४ र माओवादी केन्द्रका ४ जना निर्वाचित भएका छन । राजेन्द्र महर्जन माथि एक करोड भन्दा बढी पैसा  लिएर पार्टी निर्णय उल्लघंन गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार १२:५६