१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

बुढीगंगामा पुन: मतदान हुने, बाजुराका सीडीओ र प्रहरी प्रमुखलाई हटाउन आयोगको निर्देशन

१२ जेठ, काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ । बिहीबार निर्वाचन आयोगले विज्ञप्ति जारी गरेर बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने जानकारी गराएको हो । मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिने निर्वाचन आयोगले जनाएकाे छ ।

गत वैशाख ३० मा भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको थियो । बिहीबार बसेको आयोगको बैठकले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका एसपी दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले उनीहरुलाई तीन दिनभित्र हटाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

उनीहरूलाई सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कारबाही गरी तीन महिनाभित्र  जानकारी गराउन पनि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३८ को उपदफा (१) गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : May 26, 2022 at 8:35 pm