१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बालेनको विजयमा नुवाकोटमा पनि निस्क्यो जुलुश

१२ जेठ, नुवाकोट । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाहको विजयको खुशीयालीमा नुवाकोटमा केही युवाले जुलुश पुदर्शन गरेका छन । नुवाकोटको विदुर नगरपालिकाको बट्टार क्याम्पसको गेटबाट जुलुश निकालेर सहर परिक्रमा गरी उनीहरूले बालेनपक्षमा समर्थन देखाएका छन । जुलुशमा सहभागी पूर्णमानकुमार श्रेष्ठले जुलुश निकै शान्तिपूर्ण गरिएको र कसैलाइ असर नपुर्याएको बताए ।

उनले बट्टार क्याम्पस गेटबाट सुरु भएको जुलुशले पिपल्टार देबिघाट हुँदै इनारपाटी बट्टार हावाघर हुँदै बिदुर, त्रिशुली कोलनी हुँदै फर्केर बट्टारमा आएर महङ्गी र भस्ट्रचारबिरुद्ध नाराबाजी गरिएको जानकारी दिए ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १४:५२