२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

आगाले जलेर घाइते बिरामीलाई बुद्ध एयरले बोर्डिङ गरेर पनि उडाउन मानेन

१२ जेठ, काठमाडाैँ । निजी एयरलाइन्समा दादागिरीको उपमा पाएको बुद्ध एयरलाइन्सले घनगढीमा एक जना गम्भीर बिरामीलाई काठमाडाैँ उडाउन नमानेको तथ्य सार्वजनिक भएको छ । बुद्धले बोर्डिङ गरेर पनि प्यासेन्जर नचढाएको हो ।

साँझ ६ बजेका लागि काटिएको टिकट जहाज ढिला भएर राति ९ बजेमात्र धनगढी विमानस्थल पुगेको र बोर्डिङ भैसेको बिरामीलाई नलिइ फर्किएको पत्रकार प्रकाश सिंहले जानकारी दिएका छन । चिकित्सकले जाहालमा जान मिल्छ भनेर सिफारिस गरेको बजुराकी लोक्शरी कुँवरलाई बुद्धले उडाउन नमानेको हो ।

प्रकाशले समाजिक सञ्जाल मार्फत घटना विवरण यसरी राखेका छन ।

निजी एयरलाइन्सकाे दादागिरी
आगाले जलेर घाइते बाजुराकि लाेकश्वरि कुवरलाइ धनगढी बाट काठमाडौ जहाजले ल्याउन मानेन । हिजाे साझ ६ बजे बुद्व एयरकाे टिकट बनाएकन थियौ । जहाजको डिले फलाइट भएर धनगढी एयरपोर्टमा राति ९ बजे पछि मात्र पुग्याे । बिरामीलाई बाेडिङ्ग सम्म गर्न लगाए, तर अन्त्यमा बुद्वएयरका कर्मचारी र पाइलटले हुदैन लिदैनाै भनेर एयरपोर्ट बाट फिर्ता गराए । चिकित्सकले जहाज चढन मिल्छ भनेर सिफारिस गर्दा पनि बुद्वएयर लिन मानेन ।
जहाज लिने भनेपछि बिहान धनगढी पुगेको बिरामी धनगढी राखिएको थियो । जहाजले नलिएपछि एयरपोर्ट बाट १० बजे फिर्ता गरियाे ।

बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक Dipak Shah र हामीले बुद्वएयर काे पाइलट र कर्मचारी टिमलाइ राति 10 बजे सम्म धेरै अनुराेध गर्दा पनि बिरामि लाेकसरि कुवर लाई लान मानेन । कस्ताे अचम्म बिरामि अशक्त र ईमर्जेन्सी उपचार गर्ने खालका मानिस लाई नलाने रहेछ । अनि याे कस्ताे खाले नियम रहेछ याे प्राईभेट सेवाकाे दादागिरि हाे वा के हाे । बिरामी लिन पावर चाहिने हाे वा गरिबी बिरामीलाई लिन नमान्ने हाे । एयरपोर्टमा कुराएर अन्तिममा नलिनु भनेको मानवता पनि नभएको हाे ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १०:५५