१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

एम्बुलेन्स खस्दा च्यापिएर घरमा सुतिरहेकी ८९ वर्षीया बृद्धाको निधन

१२ जेठ, काठमाडाैँ । गुडिरहेको एम्बुलेन्स घरमाथि खस्दा एक जना बृद्धाको च्यापिएर निधन भएको छ । लामोसाँघु–जिरी सडकखण्डमा पर्ने सिन्धुपाल्चोकको दुईकिलोमा एम्बुलेन्स सडकबाट तल खसेको हो । बुधबार राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स सुनकोशी गाउँपालिका–७ स्थित दुईकिलोमा दुर्घटनामा परेको र घरले च्यापिएर एक बृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर प्रसाद यादवका अनुसार एम्बुलेन्स खसेर घर भत्किएर च्यापिँदा घरमा सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको निधन भएको हो ।

प्रकाशित मिति : May 26, 2022 at 10:30 am