१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

अडान बागमती प्रदेशको अध्यक्षमा पुनः बर्तौला

११ जेठ, हेटाैँडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा पुनः रामकुमार बर्तौला निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न अडान बागमती प्रदेशको छैठौं अधिवेशनले बर्तौलालाई पुनः निर्वाचित गरेको हो ।

अडानको उपाध्यक्षमा द्वारिका रिजाल, सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा लवप्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा, सहकोषाध्यक्षमा गोकुलप्रसाद रुवाली चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा मणिप्रसाद सुवेदी, तेजप्रसाद आचार्य, भेषराज कोइराला, मोहनप्रसाद पौडेल, निरञ्जन पराजुली र इन्द्रमणि गैरे चयन भएका छन् ।

नेपाल अडिटर्स एसोसिएसन (अडान)का केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष केदार प्रसाद पौडेल, केन्द्रीय सचिव राजेन्द्र प्रसाद ढुंगाना, केन्द्रीय सदस्य प्रकाश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : May 25, 2022 at 7:57 pm