१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

तनहुँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

१० जेठ, तनहुँ । तनहुँको व्यास नगरपालिका–५ तल्लो गुणादीमा ना.४ ख ८४४५ नम्बरको बसले ग.२० प ६३३६ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा एक कजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार भिमाद नगरपालिका–२ बस्ने ४० वर्षीया पवित्रा थापा रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने २० वर्षीय सुसिर थापालाई सोही अस्पताल हुँदै थप उपचारको लागि पोखरातर्फ लगिएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : May 24, 2022 at 6:17 pm