१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

१९२६३ मतान्तर बनाउँदै बालेन्द्रले कटाए ५० हजार मत, दोस्रो हुन सिर्जना र केशवको प्रतिस्पर्धा

१० जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १९२६३ मतान्तर बनाउँदै  आफ्नो ५० हजार मत कटाएका छन् । प्रारम्भदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धन र एमालेलाई फराकिलो मतान्तरमा पछाडि पार्दै ५० हजार मत कटाएका हुन ।

बालेन्द्रले ५० हजार ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनकी सिर्जना सिंहले ३० हजार ७६७ मत प्राप्त गरेकी छन्। त्यस्तै एमालेका केशव स्थापितले ३० हजार १५ मत प्राप्त गरेका छन् । काठमाडौंमा उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अघि बढ्दै जित सुनिश्चित गरिसकेकी छिन ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १०:४९