११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

सरकारको नीति तथा कार्यक्रम आज आउँदै, राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने

https://www.muktinathbank.com.np/online/loan-application

१० जेठ, काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्ष ०७९/८० काे नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएकाे सरकारी दाबी छ ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ । अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ ।

प्रकाशित मिति : May 24, 2022 at 8:04 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/