१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एडिलेडमा नेपाली सहितका डिजाइनरहरुको फेसन शो `द बुटिक´ भव्य (फोटोफिचर)

९ जेठ, एडिलेड । इन्दिरा ग्रुपको आयोजनामा नेपाली सहितका फेसन डिजाइनरहरुको फेसन शो ` द बुटिक´ को सम्पन्न भएको छ । शो मा नेपाली चलचित्रकी नायिका तथा मोडल स्वस्तिमा खड्काले विभिन्न डिजाइनहरुको प्रस्तुति गरेकी थिईन भने अन्तराष्ट्रिय रुपमै ख्याति कमाएका डिजाइनर युबी थापाले डिजाइन गरेका कपडाहरु लगाएर मोडलहरुले रैंपमा प्रस्तुत गरेका थिए ।

त्यसैगरि नेपाली मुलकी मेलवर्नमा व्यवसायी संचालन गरिरहेकी डिजाइनर अर्चना क्षेत्री, अफ्रिकी मुलकी लिन्डा मोन्जाल्य र नाजमेह खडेमी सहितका डिजाइनरहरुको रैंपमा प्रस्तुत गरिएको थियो । फेसन शोमा दुई नेपाली सहित चार डिजाइनरहरुको फेसनलाई २४ जना मोडलहरुले रैंपमा प्रस्तुत गरेका थिए । यसै गरि मोडलहरुमा उत्कृष्ट घोषित मोडल एन बेभिनालाई
नायीका तथा मोडल स्वस्तिमा खड्का र एडिलेडका व्यवसायी हेम श्रेष्ठले ट्रफी प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाली अंग्रेजी लगायत विभिन्न भाषा संस्कृति झल्कने गित संगितहरुको प्रस्तुति गरिएको थियो । शोमा साउथ अष्ट्रेलियाका पुर्व मन्त्री जिङ् ली, एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष रेनुका लामा सहित सामाजिक अगुवा तथा फेसनका पारखीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १६:२५