१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार

९ जेठ, अछाम । नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।

प्रकाशित मिति : May 23, 2022 at 8:11 am