१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

माओवादीबाट अध्यक्षमा विजयी भएका उपाध्यायलाई भ्रष्टाचारको पासो, सपथ लिन रोक

६ जेठ, काठमाडाैँ । नेकपा माओवादी केन्द्रबाट कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको सपथग्रहण रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुखको आग्रहमा उपाध्यायको सपथग्रहण रोक्न सपथग्रहण रोक्न निर्देशन दिइएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : May 20, 2022 at 5:04 pm