९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

काठमाडाैंकाे मनमैजुमा पहिरोले बस्ती भासियाे, अति जोखिममा रहेका पाँच परिवारलार्इ सुरक्षित स्थानमा सारियो

८ भदाै,काठमाडाैं ।  काठमाडाैंकाे मनमैजुमा पहिरोले बस्ती भासिएकाे छ । तारकेश्वर नगरपालिका-९, डाँडागाउँमा पहिराेले पाँच घर उच्च जाेखिममा रहेकाे छ भने नजिकै रहेका अरू घरहरू पनि जाेखिममा छन् । पहिराेले अतिजाेखिममा रहेका पाँच परिवारलाई सुरक्षित स्थानमा सारिएको  प्रहरीले जनाएकाे छ ।  बिहीबार रातिको वर्षाले पहिरो जान थालेपछि जाेखिममा रहेका पाँच घरलार्इ प्रहरीकाे सहयाेगमा खालि गराइएकाे हाे ।

प्रहरीका अनुसार उक्त वडामा उच्च जाेखिममा रहेका मीरा आचार्य, मदनकुमार श्रेष्ठ, रेनुका दवाडी, ललिमाया सुनुवार र गोपी विश्वकर्माको घर खाली गराइएको हो। यीमध्ये मदन, मीरा र रेनुको घर अत्याधिक जोखिममा छन्। बिहीबार रातिको वर्षापछि उक्त क्षेत्रमा पहिरो खस्न थालेको थियो। पहिरो खस्ने क्रम बढेपछि उच्च जोखिममा रहेका परिवारलाई प्रहरीले सारेको हो।

पहिराेकाे जाेखिममा परेका सबै घर परिवार र  भाडामा बस्नेहरू सुरक्षित स्थानमा सरेका छन्। ‘वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटीले बस्नको लागि त्रिपाल र कम्बल व्यवस्था गरे पनि उनिहरू आफैंले आफ्नो व्यवस्था गरी सरेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति : August 24, 2018 at 5:56 pm