७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सुनवलमा गठबन्धनलाई हराउँदै एमाले विजयी


५ जेठ, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमालेले गठबन्धनलाई पराजित गरेको छ । निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार विमला अर्याल १४,८३८ मत ल्याई विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३,२१८ मतान्तरले पराजित गरिन् । पराजित अर्जुनकुमार पोखरेलले ११,६२० मत ल्याए ।

यस्तै उपप्रमुखमा पनि एमालेकै सूर्यप्रसाद दुवे १३,७९८ मत सहित विजयी भए । माओवादी केन्द्रका उम्मेदवार लेखनाथ खरेलले ८,८९० मत पाए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १४:२०