३ असार २०८१, सोमबार | Mon Jun 17 2024

गगन थापाको क्षेत्रमा एमालेको क्लिन स्वीप !


५ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जितेको निर्वाचन क्षेत्र काठमाडौं–४ मा नेकपा (एमाले)ले जितेको छ । उनको निर्वाचन क्षेत्रमा बुढानिलकण्ठ नगरपालिकका ८ वडा र काठमाडौँ महानगरपालिकका ४ वटा वडा पर्दछन् ।

तीमध्ये बुढानिलकण्ठका ८ वटै वडामा एमालेले जितेको छ भने काठमाडौँ महानगरालिकाको परिणाम प्रकाशित भएको एउटा वडा पनि एमालेले जितेको छ । तीन वटा वडामा गणना जारी छ ।

एमालेले बुढानिलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र काठमाडौँको १ नम्बर वडा जितेको छ । नेकपा (एमाले) का स्थायी समिति सदस्य डा. राजन भट्टराईको निर्वाचन क्षेत्र पनि त्यही हो । यसपटकको निर्वाचनमा उनी आफैँले कमान्ड गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार ०९:१८