२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

चाँगुनारायण नगरपालिकाकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


४ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनि बिजयी भएका हुन् । खत्री नौ हजार ५५० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गरिन् ।

त्यसैगरी उपमेयरमा एमालेका रमेश बुढाथोकी विजयी भए । बुढाथोकी ११ हजार १०७ मत प्राप्त गरे भने सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गरसन् । बिजयी भएपछि खत्रीले सामान्य जनजिविकाका कुराहरुलाई स्म्बोधन गर्दै आफुले काम सुरु गर्ने बताए ।

त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी भएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १४:३२