२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

काठमाडौं महानगरपालिकामा साढे ४२ हजार मत गणना, ८०४० मतले अगाडि बालेन


४ जेठ, काठमाडाैं । काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेके छ । मतगणनाअन्तर्गत अहिलेसम्म ४ वडाको गणना सकिएको छ । ७ वटा वडाको गणना जारी छ । ४२५६९ मत गनिसक्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहके मत निरन्तर रूपमा अगाडि छन् ।

साहले १६६४७ मत ल्याउँदा केशव स्थापितले ८६०७ मत प्राप्त गरेका छन् । दुईजनाबीचको मतान्तर ८०४० छ । तेस्रो स्थानमा रहेकी सिर्जना सिंहले कांग्रेस उम्मेदवारबाट ७७६७ मत ल्याएकी छन् ।

अहिलेसम्म १, २, ३ र ५ नम्बर वडाको गणना सकिएको छ । वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना जारी छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १३:१६