८ असार २०८३, सोमबार | Mon Jun 22 2026

गुल्मी मदाने गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित

२ जेठ, गुल्स्‍‍मी । स्था‍नीय तह निर्वाचनमा गुल्‍मीका मदाने गाउँपालिकाको अध्‍यक्षमा नेपाली कांग्रेसका महेन्‍द्रबहादुर कुँवर निर्वाचित भएका छन्‌ । त्‍यसैगरी उपाध्‍यक्षमा नेकपा एमालेकी सरिता खड्‍का विजयी भएका छन्‌ ।

मत परिणामा कुँवरले ४ हजार ७०७ मत ल्याएका थिए भने एमालेका प्रेम केसीले ४ हजार ६९७ मत पाएका थिए । साथै उपाध्यक्षमा निर्वाचित खड्काले ४ हजार ५६५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बेगम चन्दले ४ हजार २११ मत पाएका थिए ।

मदाने गाउँपालिकामा जम्‍मा ७ वटा वडामध्ये ५ वडामा नेपाली कांग्रेस र २ वडामा नेकपा एमालेले जितेको छ ।  सोही अनुसार वडानम्बर १, ३, ४, ६ र ७ मा कांग्रेस तथा २ र ५ को वडाअध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : May 16, 2022 at 4:10 pm