१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

आज देशभर उभौली पर्व मनाइदै (फाेटाेफिचर)


१ वैशाख, काठमाडाैँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व सोमबार देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ ।

उभौली पर्वमा किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । सोमबार काठमाडौंमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरिएको छ । किराँत राई यायोक्खाका पूर्व उपाध्यक्ष मणिकुमार राईले खेतापाती राम्रो होस भनेर पूजा आजा गर्ने गरिएको बताए । किराँत समूदायले उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउने गर्दछन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १३:२१