५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नुवाकोटमा २० भोटका लागि दुई लाख खर्च गर्दा पनि माओवादी र समाजवादीको गठबन्धन पराजित (अडियोसहित)


२ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा २० भोटका लागि दुई लाख खर्च गर्दा पनि माओवादी र समाजवादी गठबन्धन पराजित भएको छ । माओवादीका उम्मेदवार बद्रीप्रसाद ढुंगाना जिताउन नेकपा एकीकृत समाजवादीका नेता सुब्बा तामाङले २० भोटका लागि दुई लाख दिने डिल गरेका थिए । तर, दुबै दलको गठबन्धनले वडा सदस्य पनि जित्न सकेन् ।

वडा नम्बर १ मा  नेकपा एमालेका सन्तबहादुर तामाङको प्यानल नै विजयी भएको छ । प्राप्त मतपरिणाम अनुसार तामाङले ४१६ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतद्धन्द्धी नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद ढुंगानाले ३६९ मत प्राप्त गरेका छन । नेपाली कांग्रेसका नवराज खतिवडाले ३०४ मत प्राप्त गरेका छन । त्यस्तै राप्रपाका सन्तोष पुडासैनीले २३ मत प्राप्त गरेका छन ।

वडा सदस्य तीन जनामा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन । खुला सदस्यमा एमालेका शिवकुमार सापकोटा र दुर्गाबहादुर तामाङ विजयी भएका छन । सपकोटाले ४०६ मत प्राप्त गरेका छन भने तामाङले ४०५ मत प्राप्त गरेका छन । त्यस्तै महिला सदस्यमा एमालेकै ज्ञानु सिग्देल विजयी भएकी छिन । उनले ४३७ मत प्राप्त गरेकी छिन ।

यसअघि गठबन्धनले २० मत९भोट०का लागि दुई लाख रूपैयाँ तिरेको अडियो सार्वजनिक भएको थियो । बेलकोटगढी १ का निवर्तमान वडा अध्यक्ष सुब्बा तामाङले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार रहेका बद्रीप्रसाद ढुंगानाका लागि २० मत लिन पैसाको डिल गरेर फाइनल गरेको अडियोमा सुन्न सकिन्छ ।

संवादमा सुब्बा तामाङले वडा अध्यक्षमा उम्मेदवार ढुंगानासँग मागेर आफूले बिहानको राति नै दुई  लाख रूपैयाँ घरमै पुर्याइदिने बताएका छन । उनले वडा अध्यक्षका उम्मेदवार ढुंगानानै आउँदा शंका हुने भन्दै पैसा बोकेर आफैँ आउने बताएका छन । बेलकोटगढी १ मा वडामा नेकपा एकीकृत समाजवादी र माओवादीको तालमेल रहेको छ भने नगरपालिकाको नेतृत्वमा तीन दलको तालमेल रहेको छ ।

भोट खरिदका लागि गरिएकत्र डिल तल सुन्न सकिन्छ । 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १३:११