११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

खोटाङको केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राई विजयी

२ जेठ, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका माईतीराज राईलाई पछि पार्दै समिर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । समिरले २ हजार २४४ मत पाउँदा माइतीराजले १ हजार ८०८ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले बताए ।

अध्यक्षका निकटतम प्रतिस्पर्धी माइतीराज कांग्रेस बाहेकको गठबन्धनबाट उम्मेदवार बनेका हुन् । उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राई विजयी भएका छन् । उनले १ हजार ९८३ मत प्राप्त गरेका छन् । उपाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेकी मैयाँ सुनुवारले १ हजार ७६१ मत पाएका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष एमालेका कृष्णकुमार राईले १ हजार ७४४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : May 16, 2022 at 9:42 am