११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ताप्लेजुङको फक्ताङलुङमा माओवादी केन्द्र विजयी

२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट राजन लिम्बू ‘मुक्ति’ विजयी भएका छन् । बिहान सम्पन्न मतगणना अनुसार लिम्बू २ हजार ६६० मत ल्याएर विजयी भएका हुन् ।

उनी निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज लिम्बूलाई ३४८ मतान्तरले पछि पार्दै अध्यक्ष बनेका हुन् । पराजित सरोजले २ हजार ३१२ मत पाएकाे निर्वाचन अधिकृतको कार्यालय तापेथोकले जनाएको छ ।

उपाध्यक्षमा २ हजार ३५८ मत ल्याउँदै कांग्रेसका सबिन साम्रा लिम्बु निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका शान्ति माया लिम्बू पौडेलले २ हजार २१२ मत ल्याइन् ।

प्रकाशित मिति : May 16, 2022 at 7:05 am