४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पञ्चेश्वर गाउँपालिकामा गठबन्धनलाई भारी मतान्तरमा पराजित गर्दै एमाले विजयी


१ जेठ, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजय भएका हुन् । आज सम्पन्न अन्तीम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २ हजार ४ सय ८८ मत ल्याएकाछन् ।

उपाध्यक्षमा एमालेकै बिना भट्टले ३ हजार ६४ मत ल्याउदा गठबन्धनका उम्मेदवार नेकपा(एकिकृत समाजवादी)का राजेन्द्र चन्दले २ हजार ५ सय मत प्राप्त गरेका छन् । पञ्चेश्वर गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन् भने, वडा नं. २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएकाछन् ।

वडा नं ३ मा नेकपा एमालेका मिन बहादुर चन्द बिजयी भएकाछन् । वडा नं ५ मा नेपाली कांग्रेसका नरेश चन्द ४४७ मत लिएर बिजयी हुदाँ वडा नं. ६ मा एमालेका राम सिंह पुजारा विजयी हुनुभएको छ छन् । वडा न. ६मा नेकपा एमालेका जनक बहादुर चन्द विजयी भएकाछन् । पञ्चेश्वरमा सत्ता साझेदार दलहरुले गठबन्धन गर्दा एमाले एक्लै चुनाव लडेको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २३:०१